एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

अनलाइनसमय |
१८ माघ २०८१
एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं, १८ माघ । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले उक्त शेयर  यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारणले समेत किन्न सक्ने गरी पुनः बिक्री खुला गरिएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस