काठमाडौं, १५ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक २४ दशमलव ५० अङ्कले बढेर २ हजार ६ सय ५७ दशमलव ७७ को विन्दुमा बन्द भएको छ ।
आज परिसूचक सँगै कारोबार रकम पनि बढेको छ । यस दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर ९५ हजार ९७ पटक किनबेच हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ८ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये १७७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६० धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ सबै समूहको उपसूचक बढेको छ । यस दिन विकास बैंक समूहको उपसूचक सर्वाधिक ४.०७ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्सको १.८८, हाइड्रोपावरको १.४९, उत्पादनमुलक समूहको १.२३, लगानी समूहको १ र अन्य समूहको उपसूचक १.२३ प्रतिशतले बढेको छ ।
मंगलबार चर कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रो र जानकी फाइनान्स छन् । त्यस्तै ङादी हाइड्रोको ९.९९, सामुदायिक लघुवित्तको ९.९८, सिन्धु विकास बैंकको ९.४७, मितेरी डिभलपमेन्ट बैंकको ८.८३ र ग्रीन डिभलपमेन्ट बैंकको ८.८३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज दोल्ती पावरको शेयर मूल्य ८.४३ प्रतिशतले घटेको छ । त्यस्तै सप्तकोशी विकास बैंकको ४.६३ तथा भूगोल इनर्जीको २.८७ र कुमारी इक्वीटी फन्डको २.५४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि छन् ।