१०.४१ अङ्कले घट्यो नेप्से, फाइनान्समा उच्च गिरावट

अनलाइनसमय |
१३ माघ २०८१
१०.४१ अङ्कले घट्यो नेप्से, फाइनान्समा उच्च गिरावट

काठमाडौं, १३ माघ । यस साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ४१ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ४३ दशमलव ९३ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घटेर २६५४ को विन्दुमा कायम भएकोे थियो ।

आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन १ करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर ९४ हजार ८१३ पटक किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार ३१८ धितोपत्र कारोबारमा आए, जसमध्ये १२१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११६ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै उत्पादनमुलक समूहको १.६६, बैंकिङ् समूहको ०.८९, व्यापार समूहको ०.७५, निर्जीवन बीमाको ०.६७, जीवन बीमाको ०.६१, लगानी समूहको ०.५० र होटल एन्ड टुरिजम समूहको उपसूचक ०.२७ प्रतिशतले घटेको छ ।

विकास लघुवित्त समूहको उपसूचक ०.७५, बैंक समूहको ०.५९, हाइड्रोपावरको ०.५४, म्युचअल फन्डको ०.४८ र अन्य समूहको उपसूचक ०.०३ प्रतिशतले बढेको छ ।

आइतबार उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, आरम्भ चौतारी लघुवित्तको ९.६८, सिक्लेस हाइड्रोपावरको ८.६, सामुदायिक लघुवित्तको ७.३८ र मेन्छियाम हाइड्रोपावरको ६.७८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ, जसमा बोटलर्स नेपाल बालाजु, ११ प्रतिशत एनआइसी एसिया डिबेन्चर २०८२÷८, दोल्टी पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको रहेका छन् ।

कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस