काठमाडौं, १३ माघ । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।