एसएमई प्लेटफर्म सञ्चालनको तयारी अघि बढ्दै (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१२ माघ २०८१
एसएमई प्लेटफर्म सञ्चालनको तयारी अघि बढ्दै (भिडियो रिपोर्ट)

काठमाडौं, १२ पुस । नेपालको पुँजी बजारमा अब साना तथा मझौला कम्पनी (एसएमइज्)को प्रवेश सहज हुने भएको छ । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली जारी गरेसँगै यस्ता कम्पनीले आइपिओ ल्याउन सक्ने भएका हुन् । एसएमई प्लेटफर्म सञ्चालनले धितोपत्र बजारमा साना उद्यम व्यवसायको प्रवेश सहज हुनेछ ।

उक्त नियमावली कार्यान्वयनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) तथा सिडिएस एन्ड क्लियरिङलाई समेत पत्राचार गरिसकेको छ । नेप्सेका अनुसार यसलाई के कसरी सञ्चालनमा ल्याउने भन्ने सम्बन्धमा अहिले आन्तरिक तयारी भइरहेको छ ।

सामान्यतया धितोपत्रको सार्वजनिक निष्कासनमा न्यूनतम १० र बुक बिल्डिङको हकमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । तर एसएमईज्को आईपीओमा भने न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्छ । यस्ता कम्पनीमा हुने जोखिमलाई ध्यानमा राखेर यो व्यवस्था गरिएको बोर्डको स्पष्टोक्ति छ ।

हुनु पनि एसएमईको धितोपत्र अन्य धितोपत्रभन्दा फरक हुन्छ । तुलनात्मक रूपमा बढी जोखिम हुने भएकाले जोखिम लिन सक्ने लगानीकर्ता यसमा सहभागी हुने आम अभ्यास छ । साथै यस्ता संस्थाको कारोबारको नियमन तथा सुपरिवेक्षणमा बोर्डको प्राथमिकता रहने भन्दै लगानीकर्ता पनि उत्तिकै सजग हुनुपर्ने सुझाइएको छ ।

अधिकतम २५ करोडको चुक्तापूँजी हुने यस्ता संस्थाको आईपीओ बिक्री प्रबन्धकले ५ प्रतिशत र योग्य संस्थागत लगानीकर्ताले १५ प्रतिशत खरिद गरेको हुनुपर्नेछ । योग्य संस्थागत लगानीकर्ताले यस्तो शेयर तीन वर्षसम्म विक्री गर्न पाउँदैनन् । धितोपत्रको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । तर तीन वर्षसम्म खुद मुनाफामा सञ्चालित संस्थाले प्रिमियममा समेत आईपीओ ल्याउन सक्छन् ।

हुर्नुहोस् हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस