सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

अनलाइनसमय |
१० माघ २०८१
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं, १० माघ । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले आज एक सूचना सार्वजनिक जारी गर्दै गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ । अन्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

आफूखुसी गैरहाजिर भएकाहरुमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबल्दार धनबहादुर कार्की र चेतन महरा तथा प्रहरी जवानहरु कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज राना लगायत छन् ।

त्यस्तै, सलम मिया भाइ, दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापालाई पनि स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस