वृज एडिटिभ्स प्रालिले ल्यायो अत्याधुनिक निर्माण सामग्री

अनलाइनसमय |
९ माघ २०८१
वृज एडिटिभ्स प्रालिले ल्यायो अत्याधुनिक निर्माण सामग्री

काठमाडौं, ९ माघ । केडिया अर्गनाइजेसन अन्तर्गत वृज एडिटिभ्सले नेपाली बजारमा नयाँ निर्माण सामग्री ल्याएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो ।

कम्पनीले सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिन र वाटर प्रुफिङ सिस्टम बजारमा ल्याएको हो ।

उक्त उत्पादनले नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकता पूरा गर्ने कम्पनीले बताएको छ । साथै यसले निर्माण क्षेत्रमा उच्च प्रदर्शन, मजबुती, टिकाउपन र उच्च स्तरको स्थायित्व प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका प्रबन्ध निर्देशक रवि रञ्जन कुमारले निर्माण उद्योगले अहिले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्नेगरी नयाँ निर्माण सामग्री बजारमा ल्याइएको बताउनुभयो । नेपालको निर्माण अभ्यास सुधारमा कम्पनीका नयाँ उत्पादनले सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली व्यवसायमा लामो इतिहास रहेको केडिया समूहको उक्त कम्पनीले तीन वर्षदेखि अत्याधुनिक प्रविधिमार्फत निर्माण सामग्री उत्पादन गर्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस