काठमाडौं, ७ माघ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ७८ अङ्कले बढेको छ । अघिल्लो कारोबार दिन १२ दबमलव ५८ अङ्कले बढेर दुई हजार ६०१ दशमलव २१ बिन्दुमा पुगेको नेप्से परिसूचक यसदिन २६०७ दशमलव ९९ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर किनबेच हुँदा रू. ६ अर्ब ५७ करोड ४ लाख बराबरको कारोबार भएको छ ।
आज ११८ धितोपत्रको शेयर मूल्य बढ्दा ११७ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रह्यो । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । आज अन्य उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव १३ प्रतिशत बढ्दा फाइनान्स उपसमूहमा सर्वाधिक २ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ । त्यस्तै उत्पादन १.६८, व्यापार समूह १.०६, निर्जीवन बीमा ०.२३, होटल तथा पर्यटन ०.१२, लगानी ०.६ र जीवन बीमा ०.०४, प्रतिशत बढेको छ । बैंकिङ ०.२, विकास बैंक ०.६, हाइड्रोपावर ०.२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटेको छ ।
आज मानुषि लघुवित्त वित्तीय संस्थानको ९ दशमलव ०५ प्रतिशतले शेयर मूल्य बढेको छ । यस्तै रिभर फल्स पावर लिमिटेड ७ दशमलव ७, डोल्टी पावर कम्पनी ७ दशमलव ४७ र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ५ दशमलव ८४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन सुपर मादी हाइड्रोपावर र विन नेपाल लघुवित्त वित्तीय संस्थानको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।