काठमाडौं, २ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा ८०० रुपैयाँ घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।