नेप्सेमा दोहोरो अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
२८ पुष २०८१
नेप्सेमा दोहोरो अङ्कको ह्रास, कारोबार रकम पनि घट्यो

काठमाडौं, २८ पुस । यस साताको कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २५ दशमलव ४१ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ९ दशमलव ६७ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन १८.१४ अङ्कले घटेको नेप्से २,६३५ को विन्दुमा कायम भएको थियो ।

आज कारोबार रकम पनि घटेको छ । ८० लाख २१ हजार ६३१ कित्ता शेयर ४६ हजार ६१४ पटक किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ७ खर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार ३०१ धितोपत्र कारोबारमा आए, जसमध्ये १९३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४४ धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.६० प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समूहको उपसूचक १.६०, हाइड्रोपावरको १.४४, उत्पादनमुलक समूहको १.३६ र व्यापार समूहको उपसूचक १.१० प्रतिशतले घटेको छ ।

आइतबार वीन नेपाल लुघवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिन्धु विकास बैंकको ८.१९, १० प्रतिशत केबिएल डिबेन्चर २०९० को ६.०४, नेपाल रि–पब्लिक मिडियाको ४.८७ र हिमालयन पावर पार्टनर लिमिटेडको ४.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज न्यादी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै सानिमा ग्रोथ फन्डको ७.५५, सुपर मादी हाइड्रोपारको ७.१०, ग्रीन डिभलपमेन्ट बैंकको ६.८४ र समृद्धी फाइनान्सको ६.०३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक, सिंगटी हाइड्रो, हिमालयन पावर पार्टनर र नेपाल लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेड क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस