casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

के हो एमपक्स, नेपालमा कति जोखिम ?

अनलाइनसमय |
२५ पुष २०८१
के हो एमपक्स, नेपालमा कति जोखिम ?

कुल नारायण श्रेष्ठ,
काठमाडौं, २५ पुस । मानिसले विभिन्न समयमा विविध किसिमका संक्रामक रोगहरूको सामना गर्दै आएको हुन्छ । कुनै संक्रमणले महामारीको रूप लिन्छ भने कुनै छिट्टै उन्मूलन हुन्छ । यस्ता कतिपय रोगले विश्वव्यापी रुपमै स्वास्थ्य, अर्थतन्त्र र सामाजिक संरचनामा समेत गम्भीर असर पुर्‍याउने गरेको छ ।

सन् २०१९ मा देखा परेको कोरोना भाइरस विश्वव्यापी महामारीको रूपमा फैलियो । पछिल्लो समय मकींपक्स (एमपक्स) भाइरस फैलिरहेको छ । अफ्रिकी मुलुकहरूमा धेरै देखिएको यो भाइरस अहिले युरोप, अमेरिका र एसियाका विभिन्न देशमा पनि फैलिँदै गएको छ । नेपालमा पनि यो भाइरस देखापरेको छ, तर जनचेतना, जानकारी, सचेतनाको अभावले धेरैलाई यसबारे थाहा छैन । यो सामान्य प्रकृतिको भए पनि बेवास्ता, हेलचेत्र्mयाइँ गरिएमा महामारीको रुप लिन सक्ने विज्ञ बताउँछन् ।

एमपक्स भाइरस जनावरबाट मानिसमा सरेको संक्रामक रोग हो । यो छाला तथा यौन रोगसँग सम्बन्धित छ ।

हालसम्म नेपालमा ३ जनामा एमपक्स भाइरस संक्रमण पुष्टि भइसकेको छ । पहिलोपटक सन् २०२३ जुनमा ६० वर्षीय विदेशी महिलामा देखिएको थियो । उनी नेपाल भ्रमणका लागि आएकी थिइन् । त्यसयता गत पुस ५ गते सिन्धुलीका ४४ वर्षीय र १५ गते तनहुँका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनीहरू दुवै जना वैदेशिक रोजगारीका लागि साउदी गएर नेपाल फर्किएका थिए ।

यो रोग संक्रमण भएपछि संक्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन् । त्यस्तै अनुहार, हात, खुट्टा र शरीरका अन्य भागहरूमा बिमिराहरू आउने गर्छ । संक्रमित व्यक्तिले प्रयोग गरेका कपडा, रुमालको प्रयोग, उसले खोकेको ठाउँमा वा नाक, मुखमा हात लादा यो रोग सर्ने छाला रोग तथा विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनका अनुसार समलिंगी, उभयलिंगी र एकै खालको लिंग भएका व्यक्तिबीच यौनसम्पर्क गर्नेहरूमा एमपक्सको संक्रमण बढी भएको देखिन्छ । यद्यपि यौन सम्पर्क गर्दैमा यो रोग सरिहाल्ने भने होइन ।

एमपक्स लागेका व्यक्तिले समयमै चिकित्सकको सल्लाह लिएर आइसोलेसनमा बस्ने, आवश्यक सतर्कता अपनाएमा निको हुने र फैलिन नपाउने डा. पुनले बताए । ‘संक्रमित व्यक्तिसँग बसेका वा बाहिरबाट आएका र ज्वरो आएका, शरीरमा बिमिरा देखिएका व्यक्तिले चिकित्सकको परामर्श अनुसार आइसोलेसनमा बसेर उपचार गरेमा अरुमा फैलिन पाउँदैन,’ उनले भने, ‘यस्ता संक्रामक अथवा जुनकुनै प्रकृतिका रोग, भाइरस कुनै पनि बेला देखा पर्न सक्छ, यसको न्यूनीकरणका लागि सरकार र नागरिक दुवै स्तरबाट सजगता र सतर्कता अपनाउनुपर्छ ।’

एमपक्स भाइरस बादरमा पहिलोपटक पहिचान गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् १९७० को दशकदेखि नै अफ्रिकाका विभिन्न देशमा यो भाइरसले महामारीको रूप लिएको थियो । २००३ मा अमेरिकामा यसको प्रकोप देखियो । यो अफ्रिकाबाट बाहिरी मुलुकमा पहिलोपटक देखिएको थियो । त्यतिबेला आयातित जंगली जनावरहरू संक्रमित भएका थिए ।

रिपोर्ट अनुसार २०१७ मा नाइजेरियामा एमपक्सको प्रकोप देखा परेको थियो । त्यसयता भने अन्य देशहरूमा पनि संक्रमण हुँदै गएको छ । विशेषगरी यात्रा तथा कामको सिलसिलामा यो संक्रमण भएका देशमा वा अर्को देशबाट त्यहाँ गएर फर्किदा एमपक्स पनि फैलिँदै गएको देखिन्छ । २०२२ यता यूरोप, अमेरिकालगायत विश्वका अन्य देशमा एमपक्स प्रकोपको रुपमा फैलिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun