काठमाडौं, २४ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ३६ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ५३ दशमलव २३ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन ६ दशमलव १६ अङ्कले बढेको नेप्से २ हजार ६ सय ४६ दशमलव ८४ को विन्दुमा कायम भएको थियो ।
आज १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर ७२ हजार २० पटक किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोड ४६ लाखको कारोबार भएको थियो ।
आज १३९ धितोपत्रको मूल्य बढ्दा ९५ को घटेको छ । यस्तै ८ वटा धितोपत्रको मूल्य स्थिर रह्यो । यसदिन ३०५ धितोपत्र कारोबारमा आएका थिए ।
आज माइक्रोफाइनान्स १.५९, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२६ प्रतिशत बढेको छ । बैंकिङ ०.२६, होटल तथा पर्यटन ०.०६, लगानी ०.३८, व्यापार १.५६, निर्जीवन बीमा ०.१३ र अन्य ०.२६ प्रतिशत घटेको छ ।
आज समृद्धि फाइनान्सको सकारात्मक सर्किट लागेको छ । यस फाइनान्सको १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक ९.९९, चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७, न्यादी हाइड्रोपावरको ९.३३, आत्मनिर्भर लघुवित्तको ७.४५ प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्सको ७.२ र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशत मूल्य बढेको छ ।
सामुदायिक लघुवित्तको नकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावरको ९.६, त्रिशुली जलविद्युत्को ६.१ र त्रिशुली जलविद्युतको ६.१३ प्रतिशतले घटेको छ ।