casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपालमा भूकम्पीय जोखिम, टरेको छैन महाभूकम्पको खतरा

अनलाइनसमय |
२३ पुष २०८१
नेपालमा भूकम्पीय जोखिम, टरेको छैन महाभूकम्पको खतरा

कुल नारायण श्रेष्ठ,
काठमाडौं, २३ पुस । नेपालको इतिहासमा २०७२ सालको महाभूकम्प एउटा ठूलो विपद्को रूपमा रह्यो । गोरखाको बार्पाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति ग¥यो । सरकारी तथ्यांक अनुसार नौ हजारभन्दा बढी मानिसले ज्यान गुमाए भने १९ लाखभन्दा बढी भवनहरूमा क्षति पुग्यो । गतवर्ष रुकुम र जाजरकोटमा पनि ठूलै भूकम्पले धेरै क्षति पु¥यायो । त्यसयता विशेषगरी पश्चिम नेपालमा सानातिना परकम्प गइरहेका छन् ।

भौगोगिक तथा भूगर्भीय अवस्थितिका हिसाबले नेपाल विश्वमा भूकम्पको धेरै जोखिम भएको मुलुकमा पर्छ । त्यसमा पनि पश्चिम नेपालमा जुनकुनै बेला ठूलो भूकम्प जान सक्ने आकलन गरिँदै आएको छ । पछिल्लो समय गइरहेका परकम्पहरूले पनि भूकम्पको ठूलो जोखिम टरिसकेको छैन भन्ने संकेत गर्ने भूगर्भविद्हरू बताउँछन् ।

नेपालमा बारम्बार भूकम्प जानुको मूख्य कारण हिमालय पर्वतमाला हो । साथै तिब्बतीय प्लेट र भारतीय प्लेट टकरावको क्षेत्रमा नेपाल पर्ने भएकाले पनि बढी भूकम्प गएको विज्ञहरूको भनाइ छ । यस्तो क्षेत्रमा भूकम्प जाने खतरा सधैं हुन्छ ।

नेपालका पूर्व र पश्चिमी क्षेत्रमा भूकम्पको अझै ठूलो जोखिम छ, जसमध्ये २०७२ मा गएको गोरखा भूकम्प केन्द्रीय क्षेत्रमा रहेको राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रकी प्रवक्ता मोनिका झाले बताइन् । उनका अनुसार यो क्षेत्रमा पटकपटक भूकम्प गइरहे पनि पश्चिममा लामो समयदेखि गएको छैन । ‘पश्चिमतिर भूकम्प नगएको लगभग ५१८ वर्ष भइसक्यो, यो लामो ग्यापमा भूकम्पीय ऊर्जा उत्पन्न भइरहेको छ,’ उनले भनिन् ।

नेपालमा अझै पनि महाभूकम्प जाने सम्भावना छ । पश्चिम नेपाल विशेष रूपमा उच्च जोखिममा परेको छ । बेलाबेलामा गइरहने साना र मझौला परकम्पले पनि ठूलो भूकम्पको खतरा टरेको छैन । प्रवक्ता झाका अनुसार भारतीय प्लेट वार्षिक औसत ४ सेन्टिमिटर (सेमी)को दरले तिब्बतीय प्लेटतिर सरिरहेको छ, जसमध्ये २ सेमी तिब्बततिर र २ सेमी नेपालमै भूकम्पीय ऊर्जाहरू उत्पन्न भएर बस्ने उनले बताइन् । ‘यो लामो ग्यापसम्म २ सेमिका दरले उत्पन्न भएर बसेको भूकम्पीय ऊर्जाहरूले ठूलो महाभूकम्प जाने संकेत गर्छ, जुन अहिलेसम्म नगएकाले पश्चिम नेपालमा ठूलो भूकम्प जाने बढी सम्भावना छ,’ उनले भनिन्, ‘पश्चिममा लामो समयदेखि साना भूकम्पहरू गइरहेको भए पनि यसले ठूलो भूकम्पको सम्भावनालाई टारेको छैन ।’

भूकम्पको समय र स्थानको पूर्वानुमानमा सही भविष्यवाणी गर्न सकिँदैन, तर वैज्ञानिकहरूले निरन्तर अनुगमन र अनुसन्धान गरेर सम्भावित जोखिमहरूको बारेमा सचेत गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun