सीडीएस एण्ड क्लियरिङको सीईओमा प्रविन पन्दाक नियुक्त

अनलाइनसमय |
१५ पुष २०८१
सीडीएस एण्ड क्लियरिङको सीईओमा प्रविन पन्दाक नियुक्त

काठमाडौं, १५ पुस । सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त गरेको हो ।

उनी यसअघि सीडीएससीकै सञ्चालकका रुपमा काम गर्दै आइरहेकी थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस