काठमाडौं, १० पुस । क्रिश्चियन समुदायको प्रमुख पर्वको रूपमा रहेको क्रिसमस आज विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ ।
काठमाडौंका विभिन्न चर्चहरूमा बिहानैदेखि प्रार्थना, गीत, नाटक, उपहार साटासाट गरी क्रिसमस मनाइरहेका छन् । ठूला सपिङ मल र होटलहरूले क्रिसमस ट्री, झिलिमिली बत्ती र अन्य कार्यक्रम गरेर ग्राहकको ध्यान आकर्षित गरेका छन् ।
येशु क्रीष्टको जन्मजयन्तीको रूपमा मनाइने यो पर्व हरेक वर्षको डिसेम्बर २५ तारिकको दिन मनाइने गरिन्छ । क्रिसमसको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । हेर्नुहोस् काठमाडौंमा क्रिसमसमा देखिएको झलक ।
फोटोहरू