अधिक तरलता थुप्रिएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनसमय |
९ पुष २०८१
अधिक तरलता थुप्रिएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, ९ पुस । बजारमा अधिक तरलता थुप्रिएपछि आज (मंगलबार) नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो ।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २१ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस