• अर्थ, ताजा समाचार

    बढ्यो विराटनगर भन्सारबाट हुने वैदेशिक व्यापार

     62 Views
    बढ्यो विराटनगर भन्सारबाट हुने वैदेशिक व्यापार

    काठमाडौं, ५ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार बढेको छ ।

    कार्यालयको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक व्यापार ४ दशमलव ०३ प्रतिशत बढेको हो । चालू आवको मंसिरसम्ममा यो भन्सारबाट रू. ८४ अर्ब ८८ करोड ६८ लाख वैदेशिक व्यापार भएको छ । सो अवधिमा रू. ६९ अर्ब ७६ करोड २४ लाखको आयात हुँदा रू. १५ अर्ब १२ करोड ४४ लाख निर्यात भएको छ । गतवर्षको सोही अवधिमा यस्तो व्यापार (आयात–निर्यात) रू. ८१ अर्ब ५९ बरोड ४३ लाख भएको थियो ।

    २०८१ को मंसिर मसान्तसम्ममा सबैभन्दा धेरै आयात भएको वस्तु एचआर सिट रहेको छ । यो रू. ७ अर्ब ४४ करोड ८ लाखको आयात भएको छ । धेरै आयात भएको दोस्रा वस्तु पोलीथिन दाना रहेको छ, जुन रू. ४ अर्ब ३ लाखको भित्रिएको छ । यसपछि तेस्रो, चौथो र पाँचौं धेरै आयात हुनेमा क्रमशः भटमासको कच्चा तेल, शुद्ध फलाम र एलपि ग्यास रहेको छ ।

    आयातित प्रमुख दश वस्तु

    स्रोत : विराटनगर भन्सार कार्यालय

    चालू आवको पहिलो पाँच महिनामा सबैभन्दा धेरै निर्यात हुने वस्तु सेन्थेटिक यार्न रहेको छ । यो रू. २ अर्ब ९१ करोड ६८ लाखको निर्यात भएको छ । यसपछि दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै निर्यात हुनेमा क्रमशः भटमासको प्रशोधित तेल, जुटका कपडा, अन्य कपडा (उनी, सतुी, टेरीकटन बाहेकका) र प्लाइउड रहेका छन् ।

    निर्यात भएका प्रमुख दश वस्तु


    स्रोत : विराटनगर भन्सार कार्यालय

    चालू आवको मंसिर मसान्तसम्ममा रू. १६ अर्ब ७५ करोड ६० लाख भन्सार राजस्व उठाउने लक्ष्य रहेकोमा रू. १२ अर्ब ३७ करोड ५३ लाख मात्रै उठेको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment