• ताजा समाचार, राजनीति

    रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     63 Views
    रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं, ४ पुस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

    बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । साथै उनले सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन् ।

    बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेका थिए ।

    कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो रु यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् । उक्त तस्बिर आफूले खिचेको रास्वपाकै समर्थक डा निकोलस भुसालले स्वीकार गरिसकेका छन् ।

    यसमा तपाइको मत

    Facebook Comment