• अर्थ, ताजा समाचार, वाणिज्य

    कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

     58 Views
    कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं, ४ पुस । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांशठ (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    साथै बैंकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।

    यसमा तपाइको मत

    Facebook Comment