• ताजा समाचार, शेयर मार्केट

    ५.६० अङ्कले घटेको नेप्से २,६२८ को विन्दुमा, कारोबार रकम पनि घट्यो

     52 Views
    ५.६० अङ्कले घटेको नेप्से २,६२८ को विन्दुमा, कारोबार रकम पनि घट्यो

    काठमाडौं, ३ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ६० अङ्कले घटको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय २८ दशमलव २६ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन २.९५ अङ्कले बढेको नेप्से परिसूचक २,६३३ को विन्दुमा बन्द भएको थियो ।

    आज नेप्सेमा आएको ह्राससँगै कारोबार रकम पनि घटेको छ । ८१ लाख ४७ हजार ३२० कित्ता शेयर ४९ हजार ४२१ पटक किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो ४ अर्ब ३४ करोडको कारोबार भएको थियो ।

    बुधबार ३१४ धितोपत्र कारोबारमा आए, जसमध्ये १४९ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८१ धितोपत्रको मूल्य बढेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर छ ।

    आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स, माइक्रोफाइनान्स र व्यापार समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन होटल एन्ड टुरिजमको सबैभन्दा बढी शून्य ४२ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ र हाइड्रोपावरको समान ०.३६, जीवन बीमाको ०.३३, लगानी समूह र उतपादनमुलक समूहको समान ०.३२, म्युचुअल फन्डको ०.२६, विकास बैंकको ०.१६, निर्जीवन बीमाको ०.१४ र अन्य समूहको उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।

    फाइनान्सको १.०७, माइक्रोफाइनान्सको ०.०९ र व्यापार समूहको उपसूचक ०.५० प्रतिशतले बढेको छ ।

    बुधबार उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मानुषी लघुवित्तको ८.२३, सिक्लेस हाइड्रोपावरको ८.११ र चिर्ख्वा हाइड्रोपावरको ७.६५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य ९.९० प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै डोल्टी पावरको ५.३३, नबिल ब्यालेन्स फन्ड–३ को ४.०७, छ्याङ्दी हाइड्रोपावरको ४ र एनएमबी ५० को ३.६४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
    कारोबार रकमका आधारमा जानकी फाइनान्स, रिभर फल्स, एनआरएन इनफ्रस्ट्राक्चर, नेपाल फाइनान्स र सिक्लेस हाइड्रोपावर क्रमशः अगाडि छन् ।

    यसमा तपाइको मत

    Facebook Comment