• ताजा समाचार, शेयर मार्केट

    ६.३२ अङ्कले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ४१ करोडमा खुम्चियो

     64 Views
    ६.३२ अङ्कले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ४१ करोडमा खुम्चियो

    काठमाडौं, २५ मंसिर ।  मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ३२ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ६९ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।

    नेप्सेमा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर ५२ हजार ७०५ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार ५ अर्ब ६२ करोडको कारोबार भएको थियो ।

    मंगलबार ३०३ धितोपत्र कारोबारमा आए, जसमध्ये १४८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८५ धितोपत्रको मूल्य बढेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।

    यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ वटा समूहको बढेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १ प्रतिशतले बढेको छ । त्यस्तै लगानी समूहको ०.७९, फाइनान्सको ०.७१, विकास बैंकको ०.५२, हाइड्रोपावरको ०.३३, निर्जीवन बीमाको ०.१९, म्युचुअल फन्डको ०.१७ र बैंकिङ समूहको उपसूचक ०.१५ प्रतिशतले घटेको छ ।

    यस दिन उत्पादनमुलक समूहको उपसूचक ०.३३ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूहको ०.३०, होटल एन्ड टुरिजमको ०.२८ र माइक्रोफाइनान्स समूहको उपसूचक ०.१३ प्रतिशतले बढेको छ ।

    मंगलबार जोशी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ७.६७ प्रतिशतले बढेको छ । त्यस्तै खानीखोला हाइड्रोपावरको ७.५३, गणपति लघुवित्तको ६.९१, उपकार लघुवित्तको ६.२७, महिला लघुवित्तको ६.२५ र सामुदायिक लघुवित्तको ५.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ८.६४प्रतिशत घटेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५९, एनआइबीएल ग्रोथको ३.३९, आरबीबी म्युचुअल फन्डको २.९४ र सपोर्ट माइक्रोफाइनान्सको २.८४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माई हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र नेपाल एसबीआई बैंक क्रमशः अगाडि छन् ।

     

    यसमा तपाइको मत

    Facebook Comment