• ताजा समाचार, शेयर मार्केट

    सानिमा माई हाईड्रोको १० प्रतिशत लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय

     45 Views
    सानिमा माई हाईड्रोको १० प्रतिशत लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय

    काठमाडौं, २५ मंसिर । सानिमा माई हाईड्रो लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनिलाई लाभांश घोषणा गरेको छ ।

    कम्पनीको मंसिर २४ गते बसेकोे सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

    उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गतेका लागि १३ औं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । उक्त सभामा लाभांशको अजेण्डा पारित गरिनुका साथै समान उद्देश्य भएका अन्य उपयुक्त कम्पनी गाभ्ने/गाभिने वा एकिकरण गर्ने र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनी प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन् ।

    यसमा तपाइको मत

    Facebook Comment