काठमाडौं, २० मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत अर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको मङ्सिर १९ गते बसेको ३१० औं संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४४ करोड ६५ लाख रुपैयाँ बराबरकोे कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो, जसमध्ये ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात तोकिएको समयसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ ।