काठमाडौं, १८ मंसिर । यस साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेको छ । यो वृद्धिसँगै नेप्से २ हजार ७ सय ७५ दशमलव ८५ को विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम भने घटेको छ । एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर ८८ हजार ७७५ पटक किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार १० अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार ३०७ धितोपत्र कारोबारमा आए, जसमध्ये १४२ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९७ धितोपत्रको मूल्य घटेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये ६ वटा समूहको उपसूचक बढेको छ भने ७ वटा समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक ५.९६ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावरको १.८५, जीवन बीमाको १.५२, फाइनान्सको १.३९, म्युचुअल फन्डको ०.३७, उत्पादनमुलक समूहको ०.०६ र अन्य समूहको उपसूचक ०.२७ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समूहको उपसूचक १.७१ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमाको ०.५२, लगानी समूहको ०.४१, विकास बैंकको ०.०३७, माइक्रोफाइनान्सको ०.३२ र बैंकिङ समूहको उपसूचक ०.१९ प्रतिशतले घटेको छ ।
मंगलबार दिव्यश्वरी हाइड्रोपावर र इनग्वा हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेडको शेयर मूल्य समान ९.९९ प्रतिशले बढेको छ । ङादी ग्रुपको ८.६५, शिभश्री हाइड्रोपावरको ८.१२ र छ्याङ्दी हाइड्रोपावरको ७.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज अपर स्याङ हाइड्रोपावरको शेयर मूल्य ९.५१ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै जानकी फाइनान्सको ६.६९, गुँरास लघुवित्त तथा युनिक नेपा लघुवित्तको समान ३.४६ र समाज लघुवित्तको ३.४४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप, जानकी फाइनान्स, बेस्ट फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, एनआइसी एसिया बैंक क्रमशः अगाडि छन् ।