काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाएको हो ।
सुदूरपश्चिमका लागि दिपेन्द्रसिंह ऐरीले २४ बलको सामना गर्दै सर्वाधिक ५७ रनमा अविजित रहे । त्यस्तै ब्रान्डन माकमुलनले ३६ रन, विनोद भण्डारीले २३ र इसान पाण्डेले २१ रन, सैफ जैबले १४ रन, स्कट कग्लिनले १० रन जोडे ।
बलिङतर्फ विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिँदा क्रिस सोले, प्रतिश जिसी र बसिर अहमदले १/१ विकेट लिए ।