• ताजा समाचार, शेयर मार्केट

    नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

     81 Views
    नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं, १७ मंसिर । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर २ हजार ७ स।य ५८ दशमलव ०४ को विन्दुमा बन्द भएको छ ।

    सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर १ लाख ३ हजार ४८० पटक किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएको थियो ।

    आज ३१४ धितोपत्र कारोबारमा आए, जसमध्ये १२६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ११२ धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

    यस दिन कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक बढेको छ भने ४ वटा समूहको उपसूचक घटेको छ ।

    आज तीन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा तारागाँउ रिजेन्सी होटल, विशाल बजार र खानिखोला हाइड्रोपावर छन् । त्यस्तै जोशी हाइड्रोपावरको ९.९९,अपर स्याङ हाइड्रोपावरको ९.९५, लाइफ इस्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेडको ९.३६, अपर लोहर खोला हाइड्रोपावरको ९.१९,ओरिएन्टल होटल्सको ७.८० र रिभर फल्स पावरको ७.५३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    नेपाल फाइनान्सको शेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ । त्यस्तै गँुरास लघवित्तको ७.५३, वीन नेपाल लघुवित्तको ६.०३, सामुदायीक लघुवित्तको ४.७६ र एक्सेल डिभलपमेन्टको ४.४१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment