काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईले मंगलबार बिहान कम्बोडीयामा ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफुलाई फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए ।