• ताजा समाचार, शेयर मार्केट

    १३.९५ अङ्कले बढेको नेप्से २,७४८ को विन्दुमा, १० अर्ब ३२ करोडको कारोबार

     80 Views
    १३.९५ अङ्कले बढेको नेप्से २,७४८ को विन्दुमा, १० अर्ब ३२ करोडको कारोबार

    काठमाडौं, २९ कार्तिक । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ९५ अङ्कले बढेको छ । बिहीबार परिसूचक १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७ सय ४८ दशमलव ७८को विन्दुमा बन्द भएको छ ।

    आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर १ लाख १ हजार ५४५ पछक किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

    आज ३२१ धितोपत्र कारोबारमा आए, जसमध्ये १५९ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७९ धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

    बिहीबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढेको छ भने बाँकी उपसूचक घटेको छ । यस दिन हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंकको १.२१, होटल एन्ड टुरिजमको ०.८८, माइक्रोफाइनान्सको ०.७७, बैंकिङ समूहको ०.४४, म्युचुअल फन्डको ०.१७ र अन्य समूहको उपसूचक ०.६३ प्रतिशतले बढेको छ ।

    आज व्यापार समूहको ०.६२, फाइनान्सको ०.०९, उत्पादनमुलक समूहको ०.२५, निर्जीवन बीमाको ०.०८, र लगानी समूह तथा जीवन बीमाको समान ०.०३ प्रतिशतले उपसूचक घटेको छ ।

    बिहीबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक ससर्किट लागेको छ । सर्किट लाग्नेमा गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनी छन् । त्यस्तै ङादी ग्रुपको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६, धौलागिरि लघुवित्त वित्तीय संस्थाको ८.७०, अभियान लघुवित्त वित्तीय संस्थाको ८.२७, साम्लिङ पावरको ७.६२ र बिन्ध्यवासिनी हाइड्रोपावरको ७.५५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    यस दिन रावा इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३२, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२ र समृद्धि फाइनान्सको ४.३६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    कारोबार रकमका आधारमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमशःअगाडि रहेका छन् ।

     

     

    यसमा तपाइको मत

    Facebook Comment