सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

अनलाइनसमय |
२७ कार्तिक २०८१
सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

काठमाडौं, २७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।

सुदूरपश्चिमको जर्सी पहेंलो रङको छ । मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सी ड्रोनमार्फत कार्यक्रम हलसम्म ल्याएको थियो ।

सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस