• ताजा समाचार, शेयर मार्केट

    तिहारपछि खुलेको नेप्से झिनो अङ्कले घट्यो, ५ अर्ब ९५ करोडको कारोबार

     91 Views
    तिहारपछि खुलेको नेप्से झिनो अङ्कले घट्यो, ५ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं, २० कार्तिक । तिहारपछि खुलेको नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमदलव २१ अंकले घटेर २ हजार ६७७ दशमलव ४० को विन्दुमा बन्द भएको छ ।

    अघिल्लो कारोबार दिन अर्थात् तिहार अघिको अन्तिम कारोबार दिन बुधबार नेप्से १४.४३ अङ्कले घटेर २६७७ विन्दुमा कायम भएको थियो ।

    आज कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोड ५५ लाखको मात्रै कारोबार भएको छ । यस दिन ९७ लाख १३ हजार ७३० कित्ता शेयर ४७ हजार ५१५ पटक किनबेच भएको छ ।

    आज ३०२ धितोपत्र कारोबारमा आए, जसमध्ये १२३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११३ धितोपत्रको मूल्य बढेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।

    मंगलबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढेको छ भने ६ वटा समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ । त्यस्तै होटल एन्ड टुरिजमको ०.८२, हाइड्रोपावरको ०.७७, फाइनान्सको ०.२०, म्युचुअल फन्डको ०.०३ र अन्य समूहको उपसूचक ०.२५ प्रतिशतले बढेको छ ।

    यस दिन बैंकिङ समूहको उपसूचक ०.८१, व्यापार समूहको ०.७४, विकास बैंकको ०.४८, उत्पादनमुलक समूहको ०.२९, माइक्रोफाइनान्सको ०.०७ र लगानी समूहको उपसूचक ०.०४ प्रतिशतले घटेको छ ।

    मंगलबार सुपर माई हाइड्रोपारको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै समाज लघुवित्तको ९.९५, युनाइटेड मोदी हाइड्रोपावरको ९.५१, गँुरास लघुवित्तको ९.३२,रसुवागढी हाइड्रोपावरको ८.७५, एनआईसी एसिया सेलेक्ट फन्ड–३० को ८.०२, सान्जेन जलविद्युत कम्पनीको ७.३९ र बलेफी हाइड्रोपावरको ६.२५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज मिडसोलु हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै अपर स्यान्ज हाइड्रोपावरको ८.९४, सामलिंग पावर कम्पनीको ६.४९, एक्सेल डिभलपमेन्ट बैंकको ५.९७ र एलआएईसी एसिया फ्लेक्सी सिएपी फन्डको ५.९१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र समृद्धि फाइनान्स क्रमशः अगाडि छन् ।

    यसमा तपाइको मत

    Facebook Comment