काठमडौं, २० कार्तिक । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन समेत आह्वान गरेको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ ।