• ताजा समाचार, विश्व, समाचार

    दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौँ १८ औं स्थानमा

     126 Views
    दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौँ १८ औं स्थानमा

    काठमाडौं, १९ कार्तिक । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो स्थानमा रहेको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ ।

    त्यस्तै पाकिस्तानको लाहोर दोस्रो नम्बरमा परेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले नोभेम्बर ४ देखि एक हप्ताका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । लाहोरको एक्युआई २२० रहेको छ ।

    भारतको कलकत्ता तेस्रो, इजिप्टको कायरो चौथो,बंगलादेशको ढाका पाँचौँ र चीनको वुहान प्रदुषित सहरको छैटौँ स्थानमा रहेको छ । भियतनामको होनाइ सातौँ स्थानमा, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ र मंगोलियाको उलानबाटर प्रदूषित शहरको सूचीमा दशौँ स्थानमा छ ।

    आईक्यु एयरका अनुसार काठमाडौँ प्रदुषित शहरको अठारौँ स्थानमा परेको छ । काठमाडौँको वायु प्रदूषण सूचक ११३ एक्युआई रहेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment