सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन

अनलाइनसमय |
१४ कार्तिक २०८१
सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन

काठमाडौं, १४ कार्तिक । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो ।

यससँगै अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ । उनी अहिले परराष्ट्र सचिव छिन् ।

उनीउपर आज संसदीय सुनुवाइ भएको थियो । समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

उनले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस