काठमाडौं, १३ कार्तिक । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदको अन्तिम समयमा स्थगित भएको थियो । सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
आजको बैठकमा ट्र«ङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।