• ताजा समाचार, देश, विज्ञान/प्रविधि

    जीवनलाई सहज बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

     128 Views
    जीवनलाई सहज बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा सरकार लागि पर्ने बताएका छन् ।
    युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘विकासको तीर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।’

    प्रधानमन्त्री ओलीले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी दिए । नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एजुकेसन (एआई शिक्षा) को ‘हब’ बनाउन चाहेको उनले बताए । एसईईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउन एआईको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले हेरिरहेको उनको भनाई छ ।

    यसमा तपाइको मत

    Facebook Comment