आइसीसी विश्वकप लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दै

अनलाइनसमय |
११ कार्तिक २०८१
आइसीसी विश्वकप लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं, ११ कार्तिक । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग–२ को खेल खेल्न लागेको हो ।

लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो । सिरिज नेपालले क्लिन स्वीप गरेको थियो ।
नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो । सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

नेपालले आज खेल्ने खेल लिग–२ को नवौं खेल हा े। यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ ।

लिग टु को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोद्यी घोषणा भइसकेको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन् । सागर ढकाल र देव खनाल भने रिजर्भमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस