काठमाडौं, ९ कार्तिक । सरकारले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्लोभानियासमेत ११ स्थानका अवैतानिक वाणिज्यदूत र महावाणिज्यदूतहरुको पदावधि थप गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै, मन्त्रिपरिषद बैठकले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय गरेको छ ।