सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

अनलाइनसमय |
७ कार्तिक २०८१
सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, ७ कार्तिक । सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् ।

एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली काँग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए ।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेसएमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बालुवाटारमा बसिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस