काठमाडौं, ६ कार्तिक । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफल सुरु भएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच छलफल जारी छ ।
छलफलमा एमालेका एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका उपस्थित छन् ।
बैठकमा संसदमा बिचाराधीन विधेयक लगायतका विषयमा छलफल हुनेछ ।