काठमाडौं, २ कार्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले हाल कायम चुक्ता पूँजीको ९ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।