• ताजा समाचार, देश, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    फोहर व्यवस्थापनमा लापरवाही :  बुद्धमाई अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

     120 Views
    फोहर व्यवस्थापनमा लापरवाही :  बुद्धमाई अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

    काठमाडौं, २ कार्तिक । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै १ लाख जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।

    महानगरद्वारा उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केतसहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो ।

    अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो ।

    यसपछि महानगरले गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन गर्यो । यसबेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन, त्यसपछि अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो ।

    तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्नका लागि अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको महानगरले जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई महानगरले रु १५ हजार जरिवाना गरेको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment