• विश्व

    ट्रम्पको चुनावी अभियानलाई एलन मस्कको ७५ मिलियन डलर सहयोग 

     128 Views
    ट्रम्पको चुनावी अभियानलाई एलन मस्कको ७५ मिलियन डलर सहयोग 

    काठमाडौं, ३० असोज । संसारकै सबैभन्दा बढी धनी व्यक्तिहरूमध्यकेका एक एलन मस्कले अमेरिकी पूर्व राष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ७५ मिलियन डलर सहयोग गरेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनाजी अभियानका लागि ७५ मिलियन अमेरिकी डलर दिएको खुलेको छ ।

    मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् । सरकारी अनुसन्धान अधिकारीका अनुसार एलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब ७५ मिलियन डलर रकम दिएको खुलेको हो ।

    जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए । यद्यपि त्यस घटनाअघि पनि मस्कले ट्रम्पलाई विभिन्न मुद्दामा साथ दिँदै आएका थिए । हालै पेन्सिल्बेनियाको बटलरमा भएको ट्रम्पको ¥यालीमा पनि मस्क सहभागी भएका थिए ।

    अमेरिकी राष्ट्रपति निर्वाचन आगामी नोभेम्बर ५ मा हुँदैछ । उनको प्रतिद्वन्द्वीको रुपमा डेमोक्रेट उम्मेदवार एवं वर्तमान उपराष्ट्रपति कमला ह्यारिस रहेकी छिन्।

     

    यसमा तपाइको मत

    Facebook Comment