काठमाडौं, ३० असोज । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ ।
कम्पनीले हालको चुक्ता पूँजीको आधा अर्थात् १ बराबर ०.५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत पाएको हो ।
सेबोनले कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर निष्कासनको अनुमति दिइएको हो ।
हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल छ । हाल यस कम्पनीको सेयर मूल्य २७८ रुपैयाँ हाराहारीमा छ ।