सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ

अनलाइनसमय |
२३ असोज २०८१
सुनचाँदी धितो कर्जाको सीमा ५० लाख रुपैयाँ

काठमाडौं, २३ असोज । अब सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ तोकेको हो ।

यसअघि ५० लाख भन्दा बढी कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र लयाउनुपर्ने भएको छ । ‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ ।
यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने छ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको परिपत्रमा भनिएको छ ।

राष्ट्र बैंकका अनुसार कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।

यस्तै जलविद्युत आयोजना सम्पन्न भए पनि प्रसारण लाइन नबनेर ग्रस अवधि थप भएको कर्जा पुनर्स रचना÷पुनर्तालिकीकरण गरेको नमानिने भएको छ । ‘जलविद्युत आयोजना सम्पन्न भई उत्पादन प्रारम्भ गरे तापनि पूर्ण क्षमताको प्रसारण लाइन निर्माण नभएका कारण पूर्ण क्षमतामा संचालनमा आउन नसकेका कारण ग्रेस अवधि थप भएमा पुनर्संरचना÷पुनर्तालिकीकरण गरेको मानिने छैन,’ केन्द्रीय बैंकले जारी गरेको परिपत्रमा भनिएको छ । यसले प्रसारण लाइन समयमा सम्पन्न नहुँदा समस्यामा परेको जलविद्युत कम्पनीलाई केही सहज हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस