• ताजा समाचार, वाणिज्य

    नेपाल बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा दुई करोड सहयोग

     152 Views
    नेपाल बैंकद्वारा प्रधानमन्त्री उद्धार कोषमा दुई करोड सहयोग

    काठमाडौं, २० असोज । नेपाल बैंक लिमिटेडले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ ।

    नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उक्त चेक हस्तान्तरण गरेका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई धन्यवाद दिए । साथै उनले लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह पनि गरे ।

    यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाले ३ करोड ४८ लाखको चेक हस्तान्तरण गरेका थिए ।

    मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोग गर्ने क्रम जारी छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment