काठमाडौं, १८ असोज । एनसीसीएस समूहले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हजारौँ नागरिक विस्थापित भएपछि एनसीसीएस र सम्बद्ध शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ५ लाख ६ हजार ५५० रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको हो ।
विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुनेगरी देश अप्ठ्यारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ ।
एनसीसीएस, परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको शैक्षिक संस्थान हो । काठमाडौंको पकनाजोलमा रहेको यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ ।
एनसीसीएस नेटवर्कभित्र स्कुल तहदेखि स्नातक तहसम्म अध्यापन हुँदै आएको छ ।