• देश, विश्व

    लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

     148 Views
    लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

    काठमाडौं, १६ असोज । सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्राल

    लेबनानमा हालसम्म सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । ‘लेबनानमा विकसित पछिल्ला घटनाक्रमबाट सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहनुभएको छ । उहाँको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    मन्त्रालयले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्य दूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

    कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ । यसैगरी, बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

    यसैगरी, काठमाडौँमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment