काठमाडौं, १५ असोज । थाइल्याण्डको राजधानी बैंककबाहिर प्राथमिक विद्यालयका ६० बालबालिका बोकेको बस दुर्घटना भएको छ ।
दुर्घटनामा परेर २० जना बालबालिकाको मृत्यु भएको छ । त्यस्तै १६ जना बालबालिका र तीन जना शिक्षकले भने भागेर ज्यान जोगाएका बीबीसीले जनाएको छ ।
उत्तरी प्रान्त उथाई थानीको बिद्यालयको शैक्षिक भ्रमण बाट फर्केका बालबालिका र शिक्षकहरू बोकेको बस दुर्घटना भएको हो । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्राले विद्यार्थीहरू राजधानीबाट करिब २५० किलोमिटर उत्तरमा रहेको उथाइ थानी प्रान्तबाट फिल्ड ट्रिपमा गएको बताएकी छिन् ।
बीबीसीका अनुसार अझै केही बिद्यार्थी र शिक्षकहरु हराइरहेका छन् । दुर्घटनामा परेको बस आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ । त्याहाँको स्थानीय सञ्चारमाध्यमले गर्मीका कारण अनुसन्धानकर्ताहरू गाडीभित्र पस्न नसकेको जनाएका छन् । एजेन्सीको सहयोगमा