तोलामा ६ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१३ असोज २०८१
तोलामा ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १३ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार दुई सयमा कारोबार कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ४५ कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस