एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

अनलाइनसमय |
१० असोज २०८१
एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

काठमाडौं, १० भदौ । चालू आर्थिक वर्षको पहिलो माहिनामा १ खर्ब ३६ अर्ब ९३ करोड बराबर रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको साउनको तुलनामा १८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यो २२.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।

चालू आवको साउनमा वैदेशिक रोजगारीका लागि ३६ हजार ९२८ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा २२ हजार ६४७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस